पोखरा ट्रेड मलको बम्पर उपहारका विजेता तारा गुरुङ, जितिन् ५० हजार पुरस्कार

पाेखरा | मंसिर २४, २०७९

पोखरा ट्रेड मलको बम्पर उपहारका विजेता तारा गुरुङ, जितिन् ५० हजार पुरस्कार

पोखराः  पोखरा महानगरपालिका–७ रत्नचोककी तारा गुरुङले पोखराको ट्रेड मलमा किनमेल गर्दा रु ५० हजार पुरस्कार जित्न सफल हुनुभएको छ । 


ट्रेड मलले दशैँ तिहारलाई लक्षित गरेर ल्याएको नगदै नगदको वर्षा उपहार योजनामा पहिलोपटक सो रकमको पुरस्कार जितेकामा आफू खुःशी व्यक्त गरिन् । शुक्रबार मलले एक औपचारिक कार्यक्रम गरी पुरस्कार रकम हस्तान्तरण कार्यक्रममा उहाँको मुहारमा खुशी झल्कन्थ्यो ।


ट्रेड मल व्यवस्थापन समिति र व्यवसायीहरुले भदौ १ देखि दशैँ तिहारलाई लक्ष्य गरी सो उपहार योजना ल्याएकामा बम्परमा गोलाप्रथा मार्फत तारा गुरुङले रु ५० हजार पुरस्कार जित्दा मेलिमा गुरुङ र कल्पना पौडेल रेग्मीले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । विजेता तीनै जनालाई आज सो पुरस्कार रकम हस्तान्तरण गरिएको हो ।


पुरस्कार हस्तान्तरण समारोहमा पोखरा ट्रेड मलका सञ्चाल एवं उत्सव व्यवस्थापन समितिका सल्लाहकार बासुदेव पराजुली, उत्सव व्यवस्थापन समितिका सल्लाहकारद्धय माधव तिमिल्सिना र गोपाल बाटाजु, उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठी,  उपाध्यक्ष सीमा कोइराला, सचिव रमेश बराल, सदस्य सचिव कृष्ण भुसाल, कोषाध्यक्ष रघु दवाडी, सहकोषाध्यक्ष, धर्मदत्त अधिकारी सदस्यहरु राजीव क्षेत्री, नवराज ढुँगाना लगायत सहभागी हुनुहुन्थ्यो । 


पोखरा ट्रेड मलभित्रका ५०२ व्यापारिक सटरमा २७५ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेका छन् । मलमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल, बैंक तथा वित्तीय संस्था, सिनेमा हल, रेष्टुरेन्ट, जिम हल, गहनापसल, सारी तथा कुर्ता लगायतका पसल सञ्चालनमा छन् ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्